काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइयो, यी क्षेत्र अब खुल्न पाइने-Sutra News

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइयो, यी क्षेत्र अब खुल्न पाइने

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा दोस्रोपटक थप गरिएको छ। स्थानीय तह र सुरक्षा निकायहरुको सुझाव बमोजिम गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ३ भदौदेखि सुरु निषेधाज्ञा २४ भदौ मध्यरातसम्मका लागि थप गरेको हो।



उपत्यकामा निषेधाज्ञा रहेपनि केही कुरामा भने खुकुलो बनाइएको छ। अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल/व्यवसाय जुनसुकै समयमा पनि निर्वाधरुपमा सञ्चालन गर्न सकिने निर्णयमा उल्लेख छ।

त्स्तै विहान ११ बजेसम्म खाद्यवस्तु, दुध र दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, विक्री गर्ने पसल खोल्न पाइनेछ। विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने निर्णयमा उल्लेख छ।

त्यस्तै छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन्।

सरकारले यसअघि एकपटक बन्द गरेर पुन: सुरु गर्न दिएको अनलाइन व्यापारलाई पनि केही खुकुलो बनाएको छ। पीसीआर नेगेटिभ भएका व्यक्तिहरूबाट मापदण्ड बमोजिम टेक-अवे सेवा सञ्चालन गर्न र सरकारले तोकेको मापदण्ड अनिवार्य रुपमा पालना गरी अलनाइन सेवा सञ्चालन गर्न पाइने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूद्वारा जारी आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट