वीरगन्जमा डेढ वर्षका बालकसहित ११० जनामा कोरोना संक्रमण-Sutra News

वीरगन्जमा डेढ वर्षका बालकसहित ११० जनामा कोरोना संक्रमण

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

वीरगन्ज- वीरगन्जमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा बारा, पर्सा र रौतहट तीन जिल्लाका ११० जनामा संक्रमण पुष्टि भएको हो।



अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार संक्रमण देखिनेमा पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना रहेका छन्। कुल ५७६ जनाको स्वाब परीक्षण गरिएकोमा ८० जना पुरुष र ३० महिलाहरुको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमण देखिनेमा डेढ वर्षका नाबालकदेखि ८० वर्षका वृद्ध समेत रहेका छन्। पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ४९ जना, कालिकामाइ गाउँपालिका–२ का चारजना, बहुदरमाइ नगरपालिकाका पाँचजना, पर्सागढि नगरपालिकाका सातजना र पोखरिया नगरपालिकाकाचार जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट