काठमाडौं- बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विभागले जानकारी दिएको छ।
मनसुनको न्युन चापीय रेखा नेपालको पश्चिमतिर तराई भू-भाग नजिक अवस्थित रहेको अवस्थामा आज दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज राती देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिंदै महाशाखाले बागमती, गण्डकी, सुदुर पश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।