चितवन- चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर-११, की ४० वर्षीया महिला रहेकी छन्।
अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो। भदौ १० गते कोरोना संक्रमण देखिएको उनको बुधबार राति १२:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
योसँगै जिल्लामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का १/१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।