भारतीय प्रधानमन्त्री मोदीको निजी वेबसाइटको ट्विटर ह्याक-Sutra News

भारतीय प्रधानमन्त्री मोदीको निजी वेबसाइटको ट्विटर ह्याक

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको ट्विटरले नै पुष्टि गरेको छ। ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो।



सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार बिहीवार बिहान ३ : १५ बजेतिर मोदीसँग सम्बन्धित उक्त खाता ह्याक भएको थियो।

रोएटर्सका अनुसार ट्विटरले एउटा विज्ञप्तिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको सूचना पाएको र सुरक्षाका लागि आवश्यक कदम चालिएको उल्लेख छ।

उसले आफूले उक्त विषयको जाँच भइरहेको उल्लेख गर्दै अन्य ट्विटर ह्यान्डल प्रभावित भएकोबारे जानकारी नभएको बताएको छ।

बीबीसीका अनुसार मोदीको निजी वेबसाइटका लागि प्रयोग हुने उक्त ह्यान्डललाई २५ लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका थिए। गत जुलाई महिनामा पनि विभिन्न ख्यातिप्राप्त व्यक्तिहरूको ट्विटर ह्यान्डलहरू ह्याक भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट