सुनको भाउ पुन: घट्यो-Sutra News

सुनको भाउ पुन: घट्यो

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- सुनचाँदीको भाउ घटेको छ। बुधबारको तुलनामा बिहीबार छापावाला सुनको भाउ प्रतितोला सात सयले घटेर ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ। बुधबार यसको भाउ ९७ हजार दुई सय रुपैयाँ थियो।



यता तेजावी सुनको भाउ पनि सात सय रुपैयाँले नै घटेर ९६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार यसको भाउ ९६ हजार सात सय रुपैयाँ थियो।

यता चाँदीको भाउ प्रतितोला २० ले घटेर एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ। बुधबार यसको भाउ एक हजार तीन सय ६५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट