निषेधाज्ञामा रातो मत्स्येन्द्रनाथको रथ तान्नेमाथि प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्याँस प्रहार-Sutra News

निषेधाज्ञामा रातो मत्स्येन्द्रनाथको रथ तान्नेमाथि प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्याँस प्रहार

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- निषेधाज्ञामा रातो मत्स्येन्द्रनाथको रथ तान्नेमाथि प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको छ। 



रथ तानिरहेका युवालाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।

प्रहरीले जावलाखेल र लबिम मलतर्फको रोडमा भिडलाई रोकेको छ । 

पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्। मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको भए पनि करोनाका कारण रथयात्रा हुन सकेको थिएन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट