काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिए-Sutra News

काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिए

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना संक्रमित थपिएका हुन्। 



देशभरि बिहीबार १ हजार २२८ जनामा कोरोना संक्रमण देखिएको थियो भने ९१७ जना कोरोनामुक्त भएका थिए। नेपालमा हालसम्म कोरोना संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट