पूजारी हत्यामा संलग्नलाई कडा कारवाही हुन्छ : मुख्यमन्त्री राउत-Sutra News

पूजारी हत्यामा संलग्नलाई कडा कारवाही हुन्छ : मुख्यमन्त्री राउत

बिहिबार, १८ भाद्र २०७७

बिहिबार, १८ भाद्र २०७७

रौतहट– मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारसँगको मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताए।



गरुडा नपाको जिङ्गडियामा हत्या भएको राम परिवारसँगको भेटमा उनले गरुडा घटना बारे सूक्ष्म छानबिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्चस्तरीय छानबिन समिति गठन भैसकेको र समितिको प्रतिवेदनको आधारमा दोषीलाई कडाभन्दा कडा कारबाही गरिने उल्लेख गरे।

मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने घोषणा समेत गरे। उक्त अवसरमा आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले दोषी प्रहरीलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरि सकेको उल्लेख गर्दै न्याय पाउनेमा बिस्वस्त रहन पीडित परिवारलाई आग्रह गरे।

त्यसैगरी माधव नारायण नपामा हत्या भएको पूजारी राम साहको हत्यास्थल पुगेका मुख्यमन्त्री राउतले बाबाको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे। साधु जस्तो ब्यक्तिलाई हत्या गर्नेलाई फाँसीको सजाय पनि कम हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता अपराधीलाई  ईश्वरले पनि माफ गर्न नसक्ने बताए।

कार्यक्रममा आन्तरिक मामिला मन्त्री यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उक्त अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराधलाई राजनीतिकरण नगर्न विपक्षीलाई चेतावनीसमेत दिए।

उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले आजै खेसरिया बजारमा मुख्यमन्त्री र आन्तरिक मन्त्रीले संयुक्त रुपमा प्रहरी चौकिको भवन शिलान्यास गर्नुका साथै पोखरी सौन्दर्यिकरणको शिलान्यास समेत गरेका छन्।

कार्यक्रममा प्रदेशसभा सदस्य शेख अबुल कलाम, राम किशोर यादव, बाबुलाल साह , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरू , सुरक्षा निकायका प्रमुखहरूसहितको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट