काठमाडौं– जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि (शुक्रबार) ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाउने भएको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शुक्रबार बिहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको जानकारी सूत्र न्यूजलाई दिए।
पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा बिहिबार दिउँसो भएको झडपपछि युवाको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो।
त्यसपछि भएको झडपले ललितपुरको माहोल आशान्त बनेको छ। यसैबीच ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा ९ जना पक्राउ परेका छन्।