काठमाडौं- ललितपुर जिल्ला प्रशासन कार्यालयले भोलि (शुक्रबार) ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा तनावपूर्ण स्थिति बनेपछि त्यस्तो हुन नदिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको जारी विज्ञप्तिमा उल्लेख छ।
ललितपुर प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै बल्खु पुलदेखि मनहरा पुलसम्मको क्षेत्र र ललितपुर महानगरपालिकाको चक्रपथ भित्रको क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाइएको जानकारी दिएको छ। कर्फ्यूको समयमा आवत-जावत र भेला हुन रोक लगाइएको छ।