टिप्स : जुस होइन, फलफूल नै खानुहोस्-Sutra News

टिप्स : जुस होइन, फलफूल नै खानुहोस्

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

एजेन्सी–मानिसहरू सोच्छन् नियमित फलफूलको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक छ। कतिपय डाक्टरसमेत फलफूलको ताजा जुस जतिसक्दो पिउन सल्लाह दिन्छन्। तर, हालै गरिएको एक अध्ययनले फलफूलको जुस अधिक पिउनु स्वास्थ्यका लागि हानिकारक छ। 



अध्ययनका अनुसार फलफूलको जुस सोडा, कोला या लेमेनेडभन्दा पनि खतरनाक हुन्छ। फलफूलको जुसको अधिक सेवन अल्पायुमै ज्यान जान सक्छ।

अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको पछिल्लो अध्ययनले शतप्रतिशत फलफूलको जुसलाई कोला वा लेमेनेडजस्ता गुलिया पेय पदार्थसँग तुलना गरेको छ।

अध्ययनले पहिलोपटक फलफूलको जुस र चिनीयुक्त यी पेय पदार्थबीच काफी समानता पाएको छ, र यी दुवैको सेवनबाट समयभन्दा पहिले मृत्युको खतरा बढ्ने देखाएको छ। तर, अनुसन्धानकर्ताहरुले यसबारे थप अनुसन्धान गर्नुपर्ने पनि बताएका छन्।

विज्ञहरुले यो अध्ययनलाई ज्यादै महत्वपूर्ण मानेका छन्। यसका बाबजुद, दिनमा १५० मिलिलिटरसम्म जुस पिउँदा कुनै खतरा नहुने उनीहरु बताउँछन्।

चिनी–सोडायुक्त पेय पदार्थको ज्यादा सेवनले यो खतरा ११ बढाउँछ। यसको अर्थ, अधिक फलफूलको जुस सेवन सोडायुक्त पेय पदार्थको सेवनभन्दा पनि हानिकारक छ। त्यसैले, विज्ञहरू जुस बनाउनुको सट्टा फलफूल नै खान सल्लाह दिन्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट