चितवनका थप १७ जनामा कोरोना पुष्टि-Sutra News

चितवनका थप १७ जनामा कोरोना पुष्टि

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

चितवन–चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।



भरतपुर महानगरपालिका भित्रका ६ महिला र ८ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। उनका अनुसार संक्रमितहरू २३ देखि ८० वर्षसम्मका छन्।

भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेजबाट उनीहरूको स्वाब लिइएको हो। खैरहनी नगरपालिकाका २ महिला र १ पुरुष छन्।

रौतहटका ३३ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ। ३०९ जनाको स्वबको नमुना परीक्षण गर्दा २ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट