काठमाडौं- बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिकाका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो।
भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए।
डा.गौतमका अनुसार संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ। अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा २ जनाको मृत्यु भएको छ।