

काठमाडौं-सुनचाँदीको भाउ घटेको छ। बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक सयले घटेर ९६ हजार चार सय रुपैयाँ कायम भएको छ। बिहीबार यसको भाउ ९६ हजार पाँच सय रुपैयाँ थियो।
यता तेजावी सुनको भाउ पनि एक सय रुपैयाँले नै घटेर ९५ हजार नौं सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार यसको भाउ ९६ हजार रुपैयाँ थियो।
यता चाँदीको भाउ प्रतितोला ३५ ले घटेर एक हजार तीन सय १० रुपैयाँ कायम भएको छ। बिहीबार यसको भाउ एक हजार तीन सय ४५ रुपैयाँ थियो।