साझा पार्टीको प्रश्न- ‘अब कोही भोकै बस्नु पर्दैन’ भन्ने प्रधानमन्त्री कसका लागि ?-Sutra News

साझा पार्टीको प्रश्न- ‘अब कोही भोकै बस्नु पर्दैन’ भन्ने प्रधानमन्त्री कसका लागि ?

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं– ‘कोभिड–१९’ को संकटमा सरकार नदेखिएको भन्दै साझा पार्टीले प्रधानमन्त्रीमाथि प्रश्न उठाएको छ। दैनिक ज्यालादारी गरेर साँझ–विहान छाक टार्नेदेखि निम्नमध्यम वर्गीय नागरिकसम्म कोभिडबाट पीडित भएको साझाको भनाइ छ।



‘साँझ–विहान खान पनि नपाउने गरेर चरम कठिनाईमा परेका हजारौँलाई राजधानीसहित देशका विभिन्न भागमा मनकारी व्यक्ति तथा संस्थाले खाना खुवाइरहेका दृश्य सार्वजनिक भइरहेका छन्,’ साझाले शुक्रबार विज्ञप्ति निकाल्दै भनेको छ, ‘दैनिक ज्यालादारी गरेर साँझ–विहान छाक टार्नेदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्यो।’

साझाले प्रधानमन्त्रीले ‘अब कोही भोकै बस्नु पर्दैन’ भनेको तर अहिले संकटका बेला केही पनि गरेको भन्दै सरकारप्रति प्रश्न समेत उठाएको छ।

‘विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलतः व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो?’ साझाको विज्ञप्तिमा उल्लेख छ, ‘अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन’ भन्ने प्रधानमन्त्री कसका लागि हुन्? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट