निजी ल्याबमा कोरोना परीक्षण गर्नेले दावी भुक्तानी नपाउने-Sutra News

निजी ल्याबमा कोरोना परीक्षण गर्नेले दावी भुक्तानी नपाउने

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- निजी ल्याबमा कोरोना परीक्षण गराई पोजेटिभ देखिएमा बिमा कम्पनीहरूले दाबी भुक्तानी नगर्ने भएका छन्। पछिल्लो समय खुलेका निजी ल्याबले बदमासी गरेर नेगेटिभ देखिएका बिरामीलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको पाइएको भन्दै बिमा समितिले यसमा अंकुश लगाएको हो। समितिले निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा भुक्तानी नगर्न बिमा कम्पनीहरुलाई सर्कुलर जारी गरेको छ।



बिमा भुक्तानीका लागि निजी ल्याबले मिलेमतो गरी पोजेटिभ रिर्पोट बनाएर फर्जी काम गरेको फेला परेपछि दाबी भुक्तानीमा कडाई गरिएको समितिका निर्देशक राजु रमण पौडेलले बताएका छन्। कोभिडको दाबी भुक्तानी दिँदा स्वास्थ्य मन्त्रालयअन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला’ समितिले कम्पनीहरूलाई दिएको निर्देशनमा उल्लेख गरिएको छ।

कोरोना बीमा मापदण्ड २०७७ मा स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने उल्लेख छ । संक्रमितका लागि ५० हजारदेखि १ लाख रुपैयाँको कोरोना बिमा गरिएको छ । कोरोना पोजेटिभ देखिने बित्तिकै भुक्तानी पाउने भएकाले पछिल्लो समय धेरैले यस्ता फर्जी रिपोर्टहरु बनाइएको तथ्य खुलेपछि बिमा समितिले कडाई गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट