कम बोल्ने खतिवडाले जाँदाजाँदै आफ्नो पक्षमा खर्चिए १५ मिनेट-Sutra News

कम बोल्ने खतिवडाले जाँदाजाँदै आफ्नो पक्षमा खर्चिए १५ मिनेट

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं–अर्थमन्त्री युवराज खतिवडाका लागि शुक्रबारको मन्त्रिपरिषद्को बैठक अन्तिम बैठक थियो ।



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको रिक्त स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि खतिवडाको बहिर्गमन बाध्यात्मक बनेको छ ।

सार्वजनिक वृत्त र मन्त्रिपरिषद् बैठकमा खासै नबोल्ने आम पहिचान खतिवडाको हो ।

‘टेक्नेक्र्याट’ पृष्ठभूमि भएकाले पनि होला, खतिवाड ओली सरकारका अर्थमन्त्री भए पनि राजनीतिक पृष्ठभूमिका मन्त्रीहरुले बोल्ने जस्तो बाल्दैन थिए ।

उनै खतिवडाले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा १५ मिनेट समय लिए । एक मन्त्रीका अनुसार मन्त्री खतिवडाले आफ्नो त्यो समयलाई आफू अढाइ वर्ष मन्त्री हुँदा गरेका कामको बेलीविस्तारमा खर्चिएका थिए । अर्थमन्त्रीका रुपमा आफूले राम्रै काम गरेको खतिवडाको तर्क थियो ।

खतिवडाको विदाइ मन्तव्यलाई सबै मन्त्रीले धैर्यपूर्वक सुनेका थिए । उनको भनाइमा प्रधानमन्त्री ओलीले पनि सही थाप्दै राम्रो काम गरेको बताएका थिए । ‘उहाँले १५ मिनेटमा आफूले मन्त्री रहँदा गरेका कामबारे कुरा राख्नुभयो,’ ती मन्त्रीले सूत्र न्यूजसँग भने, ‘प्रधानमन्त्रीले पनि उहाँले राम्रो काम गरेको बताउनुभयो । सौहार्दपूर्ण वातावरणमा बैठक सकियो ।’

मन्त्री खतिवडाले आफूले आजै मन्त्री पदबाट राजीनामा दिन लागेको जानकारी पनि बैठकमा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट