काठमाडौं– अर्थ मन्त्री यडा युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने भएका छन्।
६ महिनाभित्रै संसद् सदस्य बनिसक्नुपर्ने मिति शनिबार सकिनै लागेका बेला त्यसको एकदिन अघि शुक्रबार खतिवडाले राजीनामा दिएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवाडाको राजीनामा लगत्तै ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी हुन्।
।