झिलझिले घटना प्रकरण : हत्यामा साथीकै संलग्नता-Sutra News

झिलझिले घटना प्रकरण : हत्यामा साथीकै संलग्नता

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

झापा– झापाको झिलझिलेस्थित एक किलोमिटर उत्तर रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा मृत अवस्थामा फेला परेका गोमनसिंह मगरको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।



शिवसताक्षी नगरपालिकाका २९ वर्षीय मगरको हत्या अभियोगमा प्रहरीले उनकै साथी मनकुमार लिम्बूलाई पक्राउ गरेको हो । शव भेटिए लगत्तै प्रहरीले लिम्बूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको थियो । प्रहरीसँगको बयानमा हत्या स्वीकारेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए ।

मंगलबार साँझदेखि घरबाट हराएका २९ वर्षीय मगरको बुधबार विहान १० बजेतिर जंगलमा शव भेटिएको थियो । एक प्रहरी अधिकृत अनुसार लिम्बुले नयाँ नम्बरबाट फोन गर्दै गोमनसिंहले मंगलबार साँझ झिलझिले बजारमा भेट्न बोलाएका थिए । त्यसपछि साँझ ६ बजे प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको रातो रङको पल्सर मोटरसाइकलमा उनी घरबाट निस्किएका थिए । त्यहाँबाट दुइजना मोटरसाइकल चढेर एक किलोमिटर उत्तर जंगलतर्फ गएको र त्यसपछि लिम्बुले मगरको घाँटीमा छुरा रेटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीले शव भेटिएको करिब १ सय मिटर उत्तरबाट गोमनको मोटरसाइकल, पानीमा फ्याँकेको अवस्थामा छुरासमेत फेला पारिसकेको छ ।

प्रहरी श्रोतका अनुसार अनुसन्धानबाट लिम्बु र मगर दुवै बहराइनबाट फर्किएका र आर्थिक लेनदेनको विवाद नै हत्याको कारण देखिएको छ । झापा प्रहरी शनिबार घटनाको विस्तृत जानकारी प्रेसमिट गरेर दिने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट