रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु-Sutra News

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

काठमाडौं- बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ।



नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए। ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुवैको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट