‘टोरिनो फिल्म ल्याब’मा नेपाली सिनेमा ‘होरी’ समावेश-Sutra News

‘टोरिनो फिल्म ल्याब’मा नेपाली सिनेमा ‘होरी’ समावेश

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

काठमाडौं- प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब ‘टोरिनो फ्लिम ल्याब’मा नेपाली फिल्म समावेश भएको छ। यस वर्षको फिल्म ल्याबमा नेपाली सिनेमा ‘होरी’ समावेश भएको हो।



यस वर्ष कोरोना भाइरसको महामारीका कारण भौतिक रुपमा ‘टोरिनो फिल्म ल्याब’ सञ्चालन हुन सकेको छैन। जसकारण अनलाइनमार्फत् ल्याबको सञ्चालन गरिने घोषणा भएको छ।

घोषणा अनुसार टोरिनो ल्याबमा समावेश भएका सिनेमाहरुमा नेपाली फिल्म पनि परेको हो।

माओवादी द्वन्द्वको कथामा आधारित सिनेमाको निर्देशन तथा पटकथा लेखन अरुणदेव जोशीले गरेका छन्। सिनेमामा मुख्य डोटेली भाषाको प्रयोग गरिएको छ भने यसको छाया‌ंकन सुदूरपश्चिमको दार्चुलामा गरिएको छ।

यो चलचित्र यसअघि युरोपियन फिल्म डेभलभमेन्ट ल्याब ‘लिम’मा पनि समावेश भएको थियो।

यस वर्षको टोरिनो ल्याब यही महिनाको १४ तारिखबाट सञ्चालन हुँदैछ। ल्याबमा विश्वभरबाट १२ सिनेमा छानिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट