भारतमा अहिलेसम्मकै उच्च ८६ हजार कोरोना सङ्क्रमित भेटिए-Sutra News

भारतमा अहिलेसम्मकै उच्च ८६ हजार कोरोना सङ्क्रमित भेटिए

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

नयाँ दिल्ली- कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।



सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।

योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कूल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाइ छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरि कूल ४० लाख २३ हजार १७९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ। तीमध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। भारतमा कोरोना भाइरसबाट कूल सङ्क्रमित भएकाहरुमध्ये ३१ लाख सात हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन्।

त्यसैगरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ। भारतमा अहिलेसम्म देशभरि चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट