थप १ हजार ४१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५ हजार नाघ्यो-Sutra News

थप १ हजार ४१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५ हजार नाघ्यो

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि १२ हजार ४७५ पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। 



योसँगै नेपालमा कूल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। त्यस्तै कोरोनामुक्त हुनेको संख्या २७ हजार १२७ जना रहेका छन्। शनिबार थप १ हजार ५६६ जना कोरोनमुक्त भएका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा हालसम्म २८० जनाको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट