कालापानी विवादमा आलटाल गरिरहेको भारत चीनसँग भने उच्चस्तरीय सीमा वार्तामा-Sutra News

कालापानी विवादमा आलटाल गरिरहेको भारत चीनसँग भने उच्चस्तरीय सीमा वार्तामा

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

काठमाडौं- दुई देशका सैनिकबीच गलवान उपत्यकामा भएको हिंस्रक झडपपश्चात भारत र चीनबीच सीमालाई लिएर सुरु भएको पछिल्लो विवाद उत्कर्षमा छ।



गत जनु १४-१५ मा भएको हिंस्रक झडपमा २० सैनिक जवान गुमाएको भारत एकसाथ अन्य छिमेकीहरुसँग पनि सीमा विवादमा फसेका छ। नेपाल र पाकिस्तानसँग पनि भारतको सीमा विवाद छ।

नेपाल र पाकिस्तानसँग सीमा वार्ताका लागि उतिसाह्रो चासो नदेखाएको भारत चीनसँग भने शृंखलाबद्धरुपमा सीमा वार्तामा बसिरहेको थियो। शुक्रबार रुसको मस्कोमा भएको दुई देशका रक्षा मन्त्रीबीचको वार्ता उच्चस्तरको पछिल्लो वार्ता हो। नेपाललाई भने लिम्पियाधुरा, कालापानी क्षेत्रको विवादबारे भारतले कोभिड-१९ पछिमात्रै वार्तामा बस्ने भनिरहेको छ।

गलवान उपत्काको झडप पश्चात मस्कोमा हिजो राजनीतिक नेतृत्व स्तरमा भएको पहिलो वार्ता थियो। भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षा मन्त्री वी फेङ्हेबीच वार्ता भएको दुवै देशका सञ्चार माध्यमहरुले जनाएका छन्।

के भने सिंहले?

भारतीय रक्षामन्त्री सिंहले सीमामा स्थितिलाई सामान्य राख्नका लागि भारतीय सैनिकको भूमिका जिम्मेवारपूर्ण रहेको चिनियाँ रक्षा मन्त्रीलई बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। साथै उनले यो पनि भनेका छन, ‘आफ्नो सम्प्रभुता तथा सीमा रक्षाका लागि हाम्रो प्रतिबद्धतामाथि कुनै सन्देह हुन जरुरी छैन।’

नियन्त्रण रेखा नजिक ठूलो संख्यामा चिनियाँ सैनिकको तैनाथी दुई देशबीच बनेको सहमतिको उल्लंघन भएको सिंहको भनाइ थियो। दुई देशका शीर्ष नेताले उक्त क्षेत्रमा शान्ति स्थापित गर्न सहमति जनाएकामा जोड दिँदै सिंहले यो दुवै देशको आपसी सम्बन्धलाई बढाउनका लागि जरुरी रहेको र यसका लागि कुनै पनि मतभेदलाई विवादसम्म बढाउन नहुने भनाइ चिनियाँ समकक्षीसँग राखेका थिए।

चीनले भारतसँग मिलेर तनावपूर्ण अवस्थालाई छिटोभन्दा छिटो समान्य बनाउन आवश्यक रहेको र विवादित क्षेत्रमा तैनाथ रहेका सैन्य संख्या कम गर्नुपर्ने सिंहको भनाइ थियो। वर्तमान अवस्थालाई समझदारीपूर्वक सम्हाल्नुपर्ने आवश्यक रहेको बताउँदै मन्त्री सिंहले कुनै पनि पक्षले स्थितिलाई थप जटिलब बनाउने गरि कारबाही गर्न नहुने भनाइ वार्तामा राखेका थिए। 

चिनियाँ रक्षा मन्त्रीले के भने?

चिनियाँ अखबार साउथ चाइना मर्निङ पोष्टले चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै वार्तामा चिनियाँ रक्षा मन्त्री वी फेङ्हेले अघिल्लो महिना सीमामा भएको तनावका लागि भारतलाई जिम्मेवार ठहर्‍याउँदै तनाव कम गर्न अपील गरेको बताएको छ।

दुई देशका रक्षा मन्त्रीबीच करिब दुई घण्टा चलेको वार्तामा चिनियाँ रक्षा मन्त्रीले सीमामा सिर्जना भएको तनावको कारण र वास्तविकता स्पष्ट भएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी भारतको भएको बताएका थिए।

चिनियाँ रक्षामन्त्रीले चीन आफ्नो क्षेत्रका एक इन्च जीमन छोड्न नसक्ने र राष्ट्रिय सम्प्रभुता तथा आफ्नो सीमाको रक्षाका लागि चीनको सेना पूर्णरुपमा प्रतिबद्ध, सक्षम र निश्चित भएको बताएका थिए।

विवादित क्षेत्रमा शान्ति कायम राख्न दुई देशको शीर्ष स्तरमा सहमति बनेको भन्दै चिनियाँ रक्षामन्त्रीले भारतले तनाव बढाउन नहुने र गलत तथ्यलाई प्रचार नहुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट