ट्रम्पले गरे मोदीको प्रशंसा-Sutra News

ट्रम्पले गरे मोदीको प्रशंसा

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्। भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले बताएका छन्।



स्थानीय समयानुसार शुक्रबार उनले भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ। उहाँ धेरै राम्रो नेता हुनुहुन्छ।’

ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउँदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गरे।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट