प्रदेश नं २ मा मात्रै सय जनाले गुमाए कोरोनाबाट ज्यान-Sutra News

प्रदेश नं २ मा मात्रै सय जनाले गुमाए कोरोनाबाट ज्यान

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

जनकपुर– प्रदेश नं २ मा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको संऋया एक सय पुगेको हो।



यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ/आठ, रौंतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ संक्रमित थपिएका छन्। यस प्रदेशमा अब संक्रमितको संख्या ११ हजार ६१ पुगेको छ। सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन्। उपचार गराइ निको भएर घर फर्कनेको संख्या पाँच हजार ६०२ पुगेको छ।

यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट