कोरोनाबाट युएईमा पाँच नेपालीको मृत्यु-Sutra News

कोरोनाबाट युएईमा पाँच नेपालीको मृत्यु

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

लन्डन– विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ। गैर-आवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्।



योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ। स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।

समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा बृद्धि भएको छ।

हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीको ज्यान गएको छ।

यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन्। नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ।

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउन पछि विदेशमा अलपत्र गरेका नेपालीको उद्धार गरी स्वेदश फर्काउने कार्य पनि जारी रहेको छ।

गैर-आवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगहरुको संयुक्त पहलमा ५८ देशबाट ३ सय ५९ वटा फलाइट मार्फत हाल सम्म ५६ हजार ७ सय ७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट