

काठमाडौं– सुनचाँदीको भाउ घटेको छ। गत शुक्रबारको तुलनामना आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन सयले घटेर ९६ हजार एक सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार यसको भाउ ९६ हजार चार सय रुपैयाँ थियो।
यता तेजावी सुनको भाउ पनि तिन सय रुपैयाँले नै घटेर ९५ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार यसको भाउ ९६ हजार नौं सय रुपैयाँ थियो।
यता चाँदीको भाउ भने प्रतितोला १० ले बढेर एक हजार तीन सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार यसको भाउ एक हजार तीन सय १० रुपैयाँ थियो।