![काठमाडौंमा निषेधाज्ञा भुलाउने सवारीको चाप [फोटो फिचर]](https://www.sutranews.com/wp-content/uploads/2020/09/1599382700-9k6Ab.jpg)
![काठमाडौंमा निषेधाज्ञा भुलाउने सवारीको चाप [फोटो फिचर]](https://www.sutranews.com/wp-content/uploads/2020/09/1599382700-9k6Ab.jpg)
काठमाडौं- हालः काठमाडौं उपत्यकामा तेस्रो चरणको निषेधाज्ञा जारी छ। निषेधाज्ञामा अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन चलाउन नपाइने निर्णय उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले गरेको थियो।
३ भदौमा एक साताका लागि भन्दै सुरु गरिएको निषेधाज्ञा काठमाडौैं उपत्यकामा कोरोना संक्रमणको दर नघटेको भन्दै २४ भदौसम्म पुर्याइएको छ। निषेधाज्ञाको सुरुवाती समयमा सावारी सधान निकै कम संख्यामा गुडेको भए पनि पछिल्लो समय त्यसको चाप बढ्न थालेको छ।
आइतबार काठमाडौंमा सवारी सधान गुडेको देख्दा लाग्थ्यो यहाँ कुनै निषेधाज्ञा छैन। काठमाडौंमा मुख्य स्थानहरु कोटेश्वर, जडीबुटी, जमल, रत्नपार्क, सहिदगेट, बानेश्वर, तीन कुने लगायतका ठाउँमा कैद गरिएका यी तस्बिरले पनि जनाउँदैनन् कि यहाँ कुनै निषेधाज्ञा छ र यसको पालाना भइरहेको छ।
पछिल्लो पटक १७ भदौमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले व्यापार, व्यवसाय लगायतका सवारीसधानलाई गुड्न दिने निर्णय गरेको भए पनि सडकमा निजी सवारी सधान धेरै गुडेको देख्न सकिन्छ।
अत्यावश्यक सवारी साधानका नाममा आवश्यक नै नभएकाहरुले पनि साधन गुडाएको आरोप पनि लाग्ने गरेको छ। हेरौं सवारी साधनको बढ्दो चाप देखाउने केही तस्बिरहरु।