सुशान्त मृत्यु प्रकरणमा एनसिबीद्वारा रीयालाई सोधपुछ-Sutra News

सुशान्त मृत्यु प्रकरणमा एनसिबीद्वारा रीयालाई सोधपुछ

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

मुम्बई- बलिउड अभिनेत्री रीया चक्रवर्तीलाई भारतीय ‘नार्कोटिक्स कन्ट्रोल व्युरो (एनसिबी)’ ले सुशान्त सिंह राजपुतको मृत्युसँग जोडिएर लागुऔषधको प्रयोगको विषयमा सोधपुछ सुरु गरेको छ। रीयाका भाइ सोविकलाई दुई दिनअघि गिरफ्तार गरेको थियो। रीयालाई पनि आज बिहान छानबिनका लागि बोलाइएको छ।



एनसिबीका अधिकारीहरुले आज बिहान रीयाको घरमा गई उनलाई छानबिनका लागि ल्याएका थिए। भारतीय सञ्चारमाध्यममा आएका दृश्यहरुका अनुसार रीया मास्क र गुलाबी रंगको कुर्तामा घरबाट बाहिरिएकी थिइन्। एनसिबीको कार्यालय अगाडि पनि अत्यधिक सुरक्षा हुँदा पनि त्यहाँ निकै भिड जम्मा भइरहेको थियो।

रीया चक्रवर्ती, उनको परिवारलगायत अन्यमाथि अहिले छानबिन चलिरहेको छ। रीयाले सुशान्तलाई मानसिकरुपमा यातना दिएको र सुशान्त मृत्युको कारण पनि रीया नै भएको भन्दै सुशान्तको परिवारले रीया र उनको परिवारमाथि मुद्दा दायर गरेको थियो। अहिले सोही विषयमा सिबिआइले छानबिन गरिरहेको छ।

एनसिबिले गत शुक्रबार बिहान रीयाको मुम्बइस्थित घरमा छापा मारेको थियो। रीयाका भाइ सोविकलाई सोही रात गिरफ्तार गरिएको थियो।

रीया चक्रवर्ती र मिरान्दा सुसी नामको व्यक्तिबीच वा्ट्सएपमा भएको कुराकानीलाई लिएर छानबिन सुरु भएको छ।सुशान्त सिंहको मृत्युसँग लागु औषधलाई जोडेर अनुसन्धान गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट