नेप्से सूचक १०.४५ अंकले घट्ढा २ अर्ब माथिको कारोबार-Sutra News

नेप्से सूचक १०.४५ अंकले घट्ढा २ अर्ब माथिको कारोबार

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

काठमाडौं- हप्ताको पहिलो दिन नेप्से सूचक १०.४५ अंकले घटेर १४९९.९७ बिन्दुमा आएर रोकिएको छ। आज १९१ कम्पनीको २ अर्ब ७८ करोड लाख ७७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। खरिदबिक्री रकम समग्रमा राम्रो देखिन्छ।



नेप्सेमा आज ७० लाख ३८ हजार ९९० कित्ता सेयर खरिदबिक्री भएका छन्। व्यापारिक र म्युचुलअ फन्डबाहेक बाँकी सबै समूहका सूचक ओरालो लागेको छ।

उत्पादनमूलक समूह सबैभन्दा धेरै ४०.४३ अंकले घटेको छ। वाणिज्य बैंक समूहमा ८.१४ अंकको गिरावट आएको छ। उन्नति सहकार्य लघुवित्तको भाउ १० प्रतिशतले बढेको छ। एनआरएन इन्फ्रास्टक्चरको भाउको १० प्रतिशतले घटेको छ। खरिदबिक्रीमा नेपाल पुनर्बिमा कम्पनी उच्च स्थानमा रहेको छ। यसको ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट