काठमाडौं- स्वास्थ्य मन्त्री भानुभक्त ढकालको परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। परिवारकै सदस्यमा कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल क्वारेन्टीनमा बसेका छन्।
तीन दिनअघि उनका परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
सीसीएमसीको बैठकमा सहभागी एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल यसअघि पनि क्वारेन्टीनमा बसेका थिए। त्योबेला उनको पीसीआर परीक्षण नेगेटिभ आएको थियो।