उद्योगी-व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री-Sutra News

उद्योगी-व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी-व्यवसायीसँग छलफल गर्ने भएका छन्। छलफल आइतबार साँझ ६ बजेदेखि बालुवाटारमा सुरु हुनेछ।



कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थपाले जानकारी दिए। ‘व्यवसायिक क्षेत्रका नेतृत्वकर्ताहरुसँग छलफल हुँदैछ,’ थपालो सूत्रन्युजसँग भने, ‘कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारेमा छलफल हुन्छ।’

लकडाउनयता बालुवाटारमै प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्न लागेको यो पहिलोपटक हो। युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट