तानियो रातो मत्स्येन्द्रनाथको रथ [फोटो-भिडियो]-Sutra News

तानियो रातो मत्स्येन्द्रनाथको रथ [फोटो-भिडियो]

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

काठमाडौं- गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि रोकिएको रथ आज तानिएको छ। आइतबार दिउँसो ३ बजे रथ तान्ने समय तय गरिएअनुसार रथ तानिएको छ।



प्रहरी र स्थानयबीच झडपपछि पुल्चोकको सडकमै छाडिएको रथलाई आज १ सय ६० जना सहभागीहरुले तानेर सोह्रखुट्टे पाटी पुर्‍याएका छन्। करिब चार सय मानिस सहभागी रहेको रथ तान्ने कार्यक्रममा पाटनका चार टोलका मानिसहरुले रथ तानेका थिए। ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार रथ तान्ने कार्यक्रममा गःबहालका ४० जना, बटुत्वा नुगःका ४० जना, लगँयाका ४० जना र जावलाख्यका ४० जना सहभागी थिए।

अघिल्लो पटक बिना कुनै समन्वय रथ तानिएपछि विवाद उत्पन्न भएकाले यस पटक भने पाटनका १९ वटै जातीय खलः, गुठि संस्थान तथा जिल्ला प्रशासन कार्यक्रलयबीच छलफल गरेर रथ तानिएको थियो। विवाद पछि रोकिएको रथलाई क्षमा पूजा गरेर आज तानिएको हो।

विगतका वर्षहरुमा रातो मछिन्द्रनाथको रथलाई गःबहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याउने गरिन्थ्यो। तर, यस वर्ष भने कोरोन महामारीका कारण त्यो सम्भव भएन। जसकारण रथलाई ललितपुर महानगरपालिका अगाडि रहेको सोह्रखुट्टे पाटीसम्म तानिएको छ।

रथलाई सोह्रखुट्टे पाटी पुर्‍याएर विधिपूवर्क पूजा गर्ने, भुज्याय् मनाउने र त्यसपछि आगामी २६ गते बुगंमती फिर्ता लैजाने कार्यक्रम रहेको छ। 

rath5.jpg

rath3.jpg

rath4.jpg

rath2.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट