धौलागिरि अस्पतालको हाइ केयरमा थपियो उपकरण-Sutra News

धौलागिरि अस्पतालको हाइ केयरमा थपियो उपकरण

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

बलेवा– स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत बागलुङ क्षेत्र नं १ का सांसद डा.सूर्य पाठकका तर्फबाट आएको रकमबाट धौलागिरि अस्पताल बागलुङमा विभिन्न उपकरण भित्र्याइएको छ।



अस्पतालमा निर्माण गर्न लागिएको हाइ केयर युनिटका लागि सामग्री झिकाइएको थियो। कार्यक्रममार्फत विनियोजन भएको रु ५० लाखबाट टेन्डर गरेर ती सामग्री ल्याइएका हुन्।

आइतबार डा. पाठकले धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई सामग्री हस्तान्तरण गरे। टेन्डरमार्फत झिकाइएका सामग्रीमा एनेस्थेसिया वर्क स्टेशन, प्यासेन्ट मनिटर र भिडियो लर्निङ सेप (भिडियोमार्फत श्वास नलीको परीक्षण गर्ने मेसिन) छन्।

ती सामग्रीबाट अस्पतालमा हाइ केयर युनिट बनाइने छ। सांसद पाठकले यसअघि नै रकम विनियोजन गराए पनि प्रक्रियागतरुपमा सामान ल्याउन ढिलाइ भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट