काठमाडौं– बागमती प्रदेशसहित देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित छ।
प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै, केही दिन यता प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।