काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार १३औं संस्करणको आईपीएल टि–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
जसअनुसार साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्सबीच सेप्टेम्बर १९ मा उद्घाटन खेल हुनेछ। गत मार्चमा सुरु हुने ओरिजिनल तालिका भए पनि कोरोना महामारीका कारण आईपीएल हुन सकेको थिएन। यसपटक आईपीएल युएईको तीन मैदानमा हुँदैछ।
यस्तै सेप्टेम्बर २० मा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ। यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसँग, चौंथो खेलमा राजस्थान रोयल्सले चेन्नईसँग पाँचौ खेलमा कोलकत्ता नाइटराईडर्सले मुम्बईसँग खेल्नेछ।
कोरोना भाइरसको कारण आईपीएलको १३औं संस्करण युएईमा आयोजना हुँदैछ। आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ।