कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण-Sutra News

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

इजिङ्– चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो। उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो।



कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ।

चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ। सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो। यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन्। एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट