चितवनमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या हजार नाघ्यो-Sutra News

चितवनमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या हजार नाघ्यो

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

काठमाडौं- चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या हजार नाघेको छ। आइतबार राति चितवन मेडिकल कलेजको प्रयोगशालाबाट प्राप्त रिपोर्टमा चितवनका १९ जनासहित ३० जनामा संक्रमण पुष्टि भएको हो।



अस्पतालका अनुसार चितवनमा सक्रिय संक्रमितको संख्या ८१३ रहेको छ। १८० जनालाई कोरोना निको भएको छ। भरतपुर महानगरपालिकामा मात्रै संक्रमितको संख्या ६५७ पुगेको छ। ५४२ जना हाल आइसोलेसनमा छन्। संक्रमणबाट चितवनका १२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट