काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले डेढ महिनापछि स्थायी कमिटि बैठक बोलाएको छ।
गत साउन १३ गते स्थगित बैठक शुक्रबार (भदौ २६) बोलाउने सहमति भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन्।
सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिवसहितको छलफलमा यस्तो सहमति भएको हो।
नेताहरुबीच सहमति नबन्दा १३ साउनमा नेकपा स्थायी कमिटी बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीकाे साउन १३ गते स्थगित बैठक भदाै २६ गते बाेलाउने सहमति भएकाे छ ।
बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिव सहितकाे छलफलमा याे सहमति गरिएकाे हाे ।— Surya Thapa (@ThapajiSurya) September 7, 2020