कांग्रेस प्रचार विभागद्वारा कोभिड–१९ सूचना संयोजन उपसमिति गठन, संयोजकमा डा.अन्जनी झा-Sutra News

कांग्रेस प्रचार विभागद्वारा कोभिड–१९ सूचना संयोजन उपसमिति गठन, संयोजकमा डा.अन्जनी झा

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

काठमाडौं– नेपाली कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागले ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ। विभागको दुई दिने बैठकबाट सो समिति गठन गरेको छ।



नेपाल मेडिकल एसोसिएसनका पूर्वराष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा.अन्जनी झालाई बैठकले संयोजकको जिम्मेवारी दिइएको जानकारी गराएको हो।

विभाग प्रमुख विश्वप्रकाश शर्माका अनुसार कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर दुवै तीव्ररूपमा बढेको स्थितिमा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने टड्कारो आवश्यकता दृष्टिगत गर्दै बैठकले जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका एवं सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट