ढकाल राष्ट्रपतिको सञ्चार विज्ञ नियुक्त-Sutra News

ढकाल राष्ट्रपतिको सञ्चार विज्ञ नियुक्त

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

काठमाडौं– युवा स्तम्भकार टीका ढकाल राष्ट्रपति विद्यादेवी भण्डारीको सूचना तथा सञ्चार विज्ञका रुपमा नियुक्त भएका छन्। ढकालले विशेष गरी कूटनीति र समसामयिक विषयमा विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका छन्।



ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ। पाँचथरमा जन्मेर हालः भक्तपुर बस्दै आएका ढकालले यसअघि सार्क विकास कोष लगाउत विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए।

उनले त्रिभुनव विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर र अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्।

ढकाल माओवादी शहीद परिवारका सदस्यसमेत हुन्। उनका भाइ मोहनप्रसाद ढकाल ०५८ सालमा सुरक्षाकर्मीद्वारा मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट