सोमबार पनि घट्यो सेयर बजार-Sutra News

सोमबार पनि घट्यो सेयर बजार

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

काठमाडौं- सेयर बजार सोमबार पनि ओरालो लागेको छ। आज नेप्से सूचक १२.१७ अंकले घटेर १४८७.८१ विन्दुमा आइपुगेको छ। १९२ कम्पनीको २ अर्ब १६ करोड ४९ लाख ३० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ५५ लाख ९५ ५५१ कित्ता सेयर खरिदबिक्री भएका छन्।



खरिदबिक्री भएकामध्ये ४ वटा समूहका सूचक बढेका छन् भने बाँकी समूह तल झरेका छन्। सबैभन्दा धेरै व्यापारिक समूह माथि लागेको छ। यता, वाणिज्य बैंक समूह १७.३६ अंकले घटेको छ। उन्नति सहकार्य लघुवित्तको भाउ १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चरको भाउ १० प्रतिशतले घटेको छ।

कारोबार रकममा सबैभन्दा अघि नेपाल पुनर्बिमा कम्पनी आएको छ। यसको २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसैगरी, दोस्रो र तेस्रोमा नागरिक लगानी कोष र नेको इन्सुरेन्स रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट