राजस्व संकलन गर्न भदौ २३ देखि २५ गतेसम्म बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन-Sutra News

राजस्व संकलन गर्न भदौ २३ देखि २५ गतेसम्म बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले राजस्व संकलन हुने बैंक तथा शाखाहरु भदौ २३ देखि २५ गतेसम्म खोल्नैपर्ने निर्देशन दिएको छ। निषेधाज्ञाका कारण सीमित शाखामा मात्रै सञ्चालन गरेका बैंकहरुले अब राजस्व संकलन हुने सबै शाखा खोल्नुपर्ने भएको हो।



हालः निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाअन्तर्गत पर्ने बैंकिङ सेवा प्रवाह गर्नका लागि बैंकहरुले सीमित कर्मचारीबाट सीमित शाखा कार्यालय सीमित समयका लागि सञ्चालन गरिरहेका छन्। राष्ट्र बैंकको उक्त निर्देशनसँगै ३ दिन राजस्व संकलन हुने सबै शाखाहरु सञ्चालन गर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट