अभिनेता जयप्रकाश रेड्डीको निधन-Sutra News

अभिनेता जयप्रकाश रेड्डीको निधन

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

हाइदरावाद- तेलगु चलचित्रका अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ। मंगलबार भारतको आन्ध्रा प्रदेशस्थित गुन्तुरमा उनको निधन भएको हो।



७४ वर्षका रेड्डी हृदयघातबाट ग्रसित थिए। आफ्नो घरमै उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। घरमा आकस्मात ढलेका उनलाई अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

रेड्डीलाई नकरात्मक भूमिका र हास्य कलाकारको भूमिकामा पर्दा देखिएको थियो। सन् १९८८ मा आएको चलचित्र ‘ब्रह्मपुत्रुडु’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका जयप्रकाशले १६० वटा भन्दा धेरै चलचत्रिमा अभिनय गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट