बीपी जयन्तीमा कांग्रेसले तीन दिन भर्चुअल कार्यक्रम गर्ने-Sutra News

बीपी जयन्तीमा कांग्रेसले तीन दिन भर्चुअल कार्यक्रम गर्ने

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

काठमाडौं- नेपाली कांग्रेसले बीपी जयन्तीको अवसरमा तीन दिनसम्म भर्चुअल कार्यक्रम गर्ने भएको छ। जननेता बीपी १०७औं जन्म जयन्तीको अवसरमा केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको हो।



कांग्रेसले साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई केन्द्रीय समितिका तर्फबाट एकसाता अघि परिपत्र गरिसकिएको छ।

कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरि अनिवार्य रुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअलरूपमा कार्यक्रम गर्न सूचित गरिएको छ।

कार्यक्रममा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमको संयोजन कांग्रेस केन्द्रीय कार्यालय गर्नेछ।

सो अवसरमा राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत गरिने बताइएको छ।

आयोजकका अनुसार भदौ २५ गते अपरान्ह १ बजे नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बीपीको योगदान कार्यक्रम गरिनेछ। यस कार्यक्रमा उपसभापति बिमलेन्द्र निधि एवं विज्ञहरु रहनेछन्।  यस कार्यक्रमको संयोजन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गर्नेछ।

त्यस्तै भदौ २६ गते अपरान्ह १ बजे विचार निर्माण एवं प्रचारमा बीपीको शैलीको आलोकमा अबको रणनीति कार्यक्रम हुनेछ। वक्ताहरुक रूपमा बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरि हुनेछन्।  यस कार्यक्रमको संयोजन केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट