मनोचिकित्सकहरूसँग छलफल गरेपछि प्रधानमन्त्रीको निर्देशन– निराशा, दिक्दारी हटाउन सक्रिय हुनुहोस्-Sutra News

मनोचिकित्सकहरूसँग छलफल गरेपछि प्रधानमन्त्रीको निर्देशन– निराशा, दिक्दारी हटाउन सक्रिय हुनुहोस्

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफल गरेका छन्।



उनका सल्लाहाकार सूर्य थापाका अनुसार ओलीले मंगलबार बिहान बालुवाटारमा कोभिड-१९ का कारण सिर्जित मनेसामाजिक समस्याबारे मनोचिकित्सकहरूसँग छलफल गरेका हुन्।

छलफका क्रममा ओलीले ती समस्याको सम्बोधन गर्नेगरी तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गरेका छन्।

‘कोेभिड-१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले लेखेका छन्, ‘यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ।’

छलफलका प्राडा सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणिन्द्र बराल र डा रोशन पोखरेललगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट