सुशान्त आत्महत्याको ८४ दिनपछि रिया चक्रवर्ती लागुऔषधको मुद्दामा पक्राउ-Sutra News

सुशान्त आत्महत्याको ८४ दिनपछि रिया चक्रवर्ती लागुऔषधको मुद्दामा पक्राउ

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको ८४ दिनपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मंगलबार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई लागुऔषधको मुद्दामा पक्राउ गरेको छ।



दैनिक भास्करका अनुसार रियाको मेडिकल र कोराना दुवै टेस्ट गरिएको छ। कोरोना टेस्टमा रिपोर्ट नेगेटिभ आएको छ। केहीबेरपछि भिडियो कन्फ्रेन्समार्फत रियालाई अदालतमा पेश गरिने बताइएको छ। जहाँ उनको जमानतबारे फैसला हुने छ। उनीसँगै लागुऔषधकै केसमा समातिएका शोविक, सैमुअल मिरांडा र दीपेश सावन्त पनि अदालतमा पेश गरिदैछन्।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले पछिल्लो तीन दिनयता लगातार रियासँग सोधपुछ गरिरहेको थियो। भारतीय मिडिया दैनिक भाष्करको समाचारअनुसार तीन दिनमा उनीसँग करिब २० घन्टा सवालजवाफ गरिएको थियो।

सोमबार एनसीबीले रियालाई उनको भाई शोविक चक्रवर्ती र सुशान्तको हाउस म्यानेजर सैमुअल मिरांडालाई अगाडी राखेर सोधपुछ गरेको थियो। भारतीय मिडियाका अनुसार रियाले स्वयम्ले ड्रग्स लिएको कुरा स्वीकार गरेकी छैनन्। तर डिं«क र स्मोकिङ गर्ने कुरा भने स्वीकार गरिन्। रियाको भनाई अनुसार उनले जे गरिन्, सुशान्तका लागि गरिन्।

उता रिया पक्राउ परेपछि सुशन्तकी बहिनी स्वेताले ‘भगवान हाम्रो साथमा छन्’ लेख्दै ट्विट गरेकी छिन्। बिहारका डीजीपी गुप्तेश्वर पाण्डेले बताएअनुसार प्रहरीसँग रियाको विरुद्ध बलियो प्रमाण छ। ‘ड्रग पैडलर्स’सँग रियाको कनेक्सन देखिएपछि नै उनलाई पक्राउ गरिएको थियो ।

यता रियाको वकिलले ‘ड्रग एडिक्ट’ सँग प्रेम गरेकै कारण प्रहरी उनको पछि लागिरहेको बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट