केन्द्रीय विद्युत् जडानपछि चौबीसै घण्टा टेलिफोन-Sutra News

केन्द्रीय विद्युत् जडानपछि चौबीसै घण्टा टेलिफोन

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

खोटाङ– केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गरिएको छ।



नियमित विद्युत् अभावमा पटक–पटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ।

विद्युत् अभावमा गत चैतदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए।

‘विद्युत् अभावमा टेलिफोन गर्न दिउँसोको घाम पर्खनुपर्ने थियो’, उनले भने, ‘केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएपछि अहिले जुनसुकै समयमा टेलिफोन सम्पर्क गर्न सकिने भएको छ।’

धिर्नुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका टेलिफोनका सेवाग्राहीलाई सहज भएको छ।

दुई वर्षअघि जडान गरेर सञ्चालनमा ल्याइएको टेलिफोन टावर यसअघिसम्म दैनिक बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट